You are viewing the translated version of जानकारी दिने.

Rule 14
जानकारी दिने
(१) जिल्ला अदालतले कोषबाट पीडितलाई अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति बापत रकम उपलब्ध गराए पछि त्यसरी उपलब्ध गराइएको रकमको विवरण सहितको जानकारी पीडितसँग सम्बन्धित मुद्दा रहेको अदालत र सञ्चालक समितिलाई तुरून्त दिनु पर्नेछ ।
(२) पीडितलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट सोही बारदातमा पीडित भएकै कारण कुनै राहत रकम उपलब्ध गराएकोमा सो कुराको जानकारी सञ्चालक समिति र जिल्ला अदालतलाई दिनु पर्नेछ। यस्तो जानकारी कसूरको अनुसन्धान गर्ने निकाय मार्फत समेत दिन सकिनेछ।